राजीनामा मागपछि ओलीले थाले गम्भीर परामर्श

न्यूज अरनिको, बलेफी । Tuesday 30-Jun-2020 08:22 PM

१६ असार ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री एवम् अध्यक्ष पदबाट राजीनामा माग भएपछि ओलीले गम्भीर परामर्श सुरु गरेका छन् ।
मंगलबारको स्थायी समितिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले राजीनामा माग गरेपछि प्रधानमन्त्री अहिले बालुवाटारमा छलफलमा लागेका छन् ।
छलफलमा उप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेलसहित सरकारका केही मन्त्रीहरुको सहभागिता रहेको उच्च स्रोतले जनाएको छ ।