ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

स्पेनिस ला लिगा फुटबलमा मड्रिडकाे सहज जित

न्यूज अरनिको, बलेफी । Saturday 04-Jul-2020 08:06 AM

२० असार । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हात पारेको छ ।

गएराति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए ।

कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ ।