ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

सडकमा घन्कियो नारा : भारतीय दलाल होसियार ! सरकार ढाल्न पाइँदैन

न्यूज अरनिको, बलेफी । Wednesday 08-Jul-2020 08:12 PM

२४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध पार्टीभित्रै घेरावन्दी भइरहेको बेला देशभर रहेका उहाँका समर्थकहरुले सांकेतिक रुपमा सडकमा उत्रिएर सरकार ढाल्ने खेल असफल पार्ने अठोट गरेका छन ।

प्रधानमन्त्री ओलीलाई समथन गर्दै स्वतन्त्र युवा, बिद्यार्थी तथा आम नागरिकले आज देशभर सरकार ढाल्न पाईदैन भन्ने नारा घन्काएका हुन । आज दिउसो राजधानी काठमाडौं उपत्यकामा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन । राजधानीको कोटेश्वर, चावहिल, गंगबु, कलंकी, असन (इन्द्र चोक) र लगनखेलमा उनीहरुले प्रदर्शन गरेका हुन ।

‘देशलाई अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन भन्ने प्ले कार्ड बोकेर प्रधानमन्त्री ओलीका समर्थकहरु सडकमा उत्रिएका हुन । उनीहरुले ‘आजलाई होइन भोलिलाई, स्थिर सरकार ओलीलाई’, ‘सरकारविरुद्धको संगिनी सुई बन्द गर’ र विधिलाई बार्गेनिङ भन्दै प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारी ‘ओलीको राजीनामा भारतको लागि कि ? नेपालको लागि ?’ भन्दै प्ले कार्डमै कडा प्रश्नसमेत गरेका छन ।

नेकपाकै नेताहरुले पार्टी एकताको सहमति र बिधानबिपरित प्रधानमन्त्री तथा ओलीबिरुद्ध घेरावन्दी गरेपछि देशभर चर्काे बिरोध भइरहेको छ । आम नागरिकले ओलीलाई काम गर्न दिन र भारतको मतियार नबन्न भन्दै नेकपाकै नेताहरुलाई सचेतसमेत गराईरहेका छन ।