ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता, २ को शव फेला पर्यो

नानीराम नेपाल Thursday 09-Jul-2020 08:27 AM

नानीराम नेपाल, सिन्धुपाल्चोक । रातभरको अविरल बर्षाका कारण बाढी पहिरोमा परि सिन्धुपाल्चोकका दर्जनौँ घर संरचना बगाएका छन । बार्हबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ । हराईरहेका मध्य २ को शव फेला परेको स्थानियले जानकारी दिए । कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । " केही मानीसहरु हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ" ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

भर्खरै मृतक जम्बु निवासी ३० बर्षीय निकेश बस्नेत र उनको छोरीको शब फेला परेको छ ।