ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

सीमा नाकामा पहिरो पीडा

न्यूज अरनिको, बलेफी । Friday 10-Jul-2020 10:08 PM

२६ असार । अविरल बर्षाका कारण लार्चा खुम्पातेस्थित खहरेखोला माथीबाट खसेको पहिरोले भोटेकोसी गाउँपालिका ३ का नाङचे मगर बेपत्ता भए । स्थानीय सुनिल शेर्पा र बिरबहादुर तामाङ सामान्य घाईते भए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार लार्चाको पहिरोले स्थानीयका १६ वटा घर संरचना बगाएको छ । लार्चाका स्थानीय काले शेर्पा, बाला शेर्पा, निङमार शेर्पा,फुर्वा, शेर्पा, छिङदोर्जे शेर्पाको गोविन्द शेर्पा र दुकछिरीङ तामाङको घर पहिरोले बगाउको छ। स्थानीय पदम श्रेष्ठको घरसँगै कुखुरा र ५० बाख्रा सहित टहरा बगाएको छ । लार्चा क्षेत्रमा अन्य २५ घरसंरचना जोखिममा छन् । पहिरोले भोटेकोसी गाउँपालिका ३ स्थित गोविन्द कार्की, भीमबहादुर श्रेष्ठ र राजु कार्कीको घर पहिरोले पुरेको छ । अन्य दुई घर जोखिममा रहेको छ । पहिरो पीडित तथा बिस्थापित ५ घरका २४ जनालाई नयाँबस्ती स्थित आफन्तको घरमा लगिएको छ । पहिरोले तातोपानी बजारमा पनि उस्तै क्षती गरेको छ । तातोपानकिा शेर ग्याल्जेन शेर्पा, कामी शेर्पा, दीलिप शेर्पार पासाङ तेम्बु शेर्पाको घर क्षती भएका छन् । तातोपानीस्थित गुरु रेम्पोछेकोमन्दिर समेत आधा पुरीएको छ । तातोपानी, लार्चा र आसपासका बिस्थापितलाई तातोपानी भन्सार कार्यालय परिसरमा ल्याई राखिएकोबताइएको छ ।