ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

खुलाईयो जुरे खण्डको सडक

न्यूज अरनिको, बलेफी । Saturday 11-Jul-2020 07:12 PM

२७ असार ।जम्बु बाढीका कारण अबरुद्ध बनेको अरनिको राजमार्गको जुरे सडक खण्ड सूचारु भएको छ । बाढीले कटान गरेपछि दुई दिनसम्म यातायात अबरुद्ध भएको बार्हबिसे बजारसम्मै अब सवारी साधन पुग्न सक्ने भएको छ ।
बार्हबिसे नगरपालिकाको अग्रसरतामा सडक बिभागले जुरे खण्डमा नयाँ ट्र्याक खोल्दै सडक सूचार गराएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबार सडक बिभागका अधिकारी लगायत सम्बद्ध निकायका अधिकारीहरुलाई भेट गरि तत्काल अबरुद्ध सडक खुलाउन निर्देशन दिनुभएको थियो ।
बार्हबिसे सम्म सवारी आउजाउ हुने भएपनी भोटेकोसी बाढीले बार्हबिसे उँभो अरनिको राजमार्गका दर्जन स्थानमा सडक कटान गरेकोले भोटेकोसी गाउँपालिकासँग सडक सम्पर्क बिच्छेद नै छ ।