ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

जम्बुक्षेत्रमा पुग्यो गाँसबासका सामाग्री, सडक अवरुद्ध भएपछि  बोकेरै लगियो

न्यूज अरनिको, बलेफी । Saturday 11-Jul-2020 10:36 PM

२७ असार । बाह्रबिसे उँभो सडक सम्पर्क टुटेपछि बाढीपीडितका लागी भारी बोकेरै राहत सामाग्री जम्बु क्षेत्रमा पु¥याइएको छ । बाह्रविसे नगरपालिकाले नेपाली सेना, सशस्त्र प्रहरीसँगै स्थानीय यूवाहरुलाई बोकाएर खाद्यान्न लगायतका अत्यावस्यक समाग्री जम्बु क्षेत्रमा पु¥याएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय यूवाहरुले बाढीग्रस्त क्षेत्रमा  राहत सामाग्री पु¥याइसकेको बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिल पाख्रिनले जानकारी दिनुभयो । ‘हामीले खादान्न, टेण्ट लगायतका राहत सामाग्री व्यवस्थापन ग¥यौं, सुरक्षा निकाय र स्थानीय यूवाहरुको सहयोगमा बोकेर नै जम्बु क्षेत्रमा लगिएको छ’, उपमेयर पाख्रिनले भन्नुभयो ।  
खागदलका पीडित बिस्थापितहरुलाई शनिबार नै राहत सामाग्री उपलब्ध गराइएको छ । गाँस, बासका लागी अत्यावस्यक सामाग्री प्रभावित क्षेत्रमा पुगिसकेको र बितरण भइरहेको पाख्रीनले बताउनुभयो ।‘पीडित– बिस्थापितका उचित व्यवस्थापनमा हामी खटिँदैआएका छौं,  सडक अवरुद्ध भएपछि सेना प्रहरीको सहयोगमा बाकेरै राहत सामाग्री लगिएको छ’, पाख्रिनले भन्नुभयो। खागदलमा पहिलो चरणकोराहत बितरण भइसकेकोर जम्बुमा पनि सामाग्री पुगिसकेकोले आइतबार बिहानदेखि बितरण गरिने उहाँले बताउनुभयो ।
बाढीपछि बिहिबार सबेरै जम्बुक्षेत्रमा पुग्नुभएका बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा स्वयं घाईतेको उद्धारमा जुट्नुभयो । उद्धार तथा खोजसँगै राहतको व्यवस्थापनमा जुट्न मेयर शेर्पाले तत्काल नै जनप्रतिनीधि र कर्मचारीलाई निर्देशन दिनुभएको थियो । ‘नगरपालिकाबाट पीडित बिस्थापितको गाँसबासका लागी आवस्यक सामाग्री पु¥याइएको छ, उहाँहरुलाई थप सुरक्षित ठाउँमा स्थानान्तरणको पनि तयारी भइरहेको छ’, मेयर शेर्पाले भन्नुभयो ।  
भौगेलिक कठिनाई र मौषमी प्रतिकुलताका बीच पनि जम्बु क्षेत्रमा खाद्यान्न लगायतका राहत सामाग्री पु¥याइएको बाह्रबिसे नगरपालिकाका तर्फबाट राहत व्यवस्थापनमा खटिनुभएका यूवा नेता सुरेन बिक्रम योञ्जनले बताउनुभयो । ‘खागदल–जम्बु क्षेत्रमा गाँसबासका अत्यावस्यक सामाग्री पुगिसकेको छ, पीडित बिस्थापितको व्यवस्थापनमा स्थानीय यूवा साथीहरु पनि खटीनुभएको छ’, योञ्जनले भन्नुभयो ।