ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

बाढी पहिरोका पीडितलाई राहतसँगै प्रदेश सरकारले आवास बनाईदिने, घाईतेको उपचारमा २५ हजार सहयोग

न्युज अरनिको, बलेफी । Saturday 18-Jul-2020 09:32 AM

३ साउन । सिन्धुपालचोकका  बाढी पहिरो पीडितको राहत व्यवस्थापनका लागी बागमती प्रदेश सरकारले  ५५ लाख रुपैंयाँ प्रदान गर्ने भएको छ । प्रदेश स्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले सिन्धुपाल्चोकको बाह्रबिसे, भोटेकोसी र जुगल का बाढी पहिरो पीडितको राहत व्यवस्थापनका लागी ५५ लाख उपलब्ध गराउने निर्णय गरेको हो । 

 आकसिमक राहत व्यवस्थापनका लागी बाह्रबिसे नगरपालिकालाई ३० लाख, भोटेकोसी गाउँपालिकालाई १५  लाख र जुगल गाउँपालिकालाई १० लाख दिने निर्ण भएको  छ । 

बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालका अनुसार समितिले स्थानीय तहले जग्गा उपलब्ध गराएमा पीडितलाई घर बनाइदिने निर्णय समितिले गरेको छ । ‘स्थानीय तहले जग्गाको व्यवस्था गर्ने र प्रदेश सरकारले उनीहरुलाई आवास समेत बनाइदिने निर्ण पनि भएको छ’, मन्त्री नेपालले भन्नुभयो । 
  मन्त्री नेपालका अनुसार पहिरोबाट घाइते भएकाहरुका लागि उपचार खर्च बापत बढीमा जनही २५ हजार सम्म आर्थिक सहायता गर्ने निर्ण पनि भएको छ । 
अस्पतालको बीलको आधारमा दिने उक्त रकम २५ हजारभन्दा कम भए सोही अनुसार उपलब्ध गराइनेछ । प्रदेशले यस अघि मृतकको परिवारलाई एक–एक लाख दिने निर्णय गरेको थियो ।