ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

भिरबाट खसेको ढुंगाले लागेर दोलखामा एक महिलाको मृत्यु

न्युज अरनिको, बलेफी । Tuesday 28-Jul-2020 02:12 PM

१३ साउन । घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर दोलखामा एक महिलाको मृत्यु भएको छ ।

दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो ।
‘बिहान करिब ८ः४० को समयमा घरदेखि ५ सय मिटरमाथि पाखाबाट अचानक ढुँगा खसेको रहेछ,’ प्रहरी निरीक्षक बोहराले भने, ‘घरभित्र काम गरिरहेको समयमा भिरपाखाबाट खसेको ढुँगाले घरको जस्तापाता र गारो भत्किन गई च्यापिन पुग्दा थामी गम्भीर घाइते भएकी थिइन् ।’
घाइते थामीलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि न्युरो हस्पिटल काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए ।