
महिला अधिकारकर्मी एवम सामाजिक अभियन्ता नानीमायाँ थापा(नेपाल) समाज कल्याण परिषदको सदस्यमा नियुक्त हुनुभएको छ । नेपाल सरकारले उहाँलाई समाज कल्याण परिषदको सदस्यमा नियुक्ती गरेको हो । जिल्लास्थित ग्रामीण महिला सिर्जनशील परिवारकी कार्यकारी निर्देशक थापा गैरसरकारी संस्था महाँसंघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ । बिगत लामो समयदेखी सामाजिक विकास र महिला अधिकारका क्षेत्रमा उहाँ क्रियाशील रहँदै आउनुभएको छ । सरकारले परिषदको उपाध्यक्षमा डाक्टर पदम खतिवडा, सदस्य सचिवमा पुष्कर खातीलाई नियुक्त गरेकोछ । सदस्यहरुमा सिन्धुपाल्चोककी नानीमायाँ थापासहित गोविन्दबहादुर शाही, डाक्टर मणीराम बञ्जाडे, ब्रह्मध्वज गुरुङ र सुशील ज्ञवाली नियुक्त हुनुभएको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago
धेरै कमेन्ट गरिएका
- 36 बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
- 3 सवारी चालकलाई सडकमै खादा र माला
- 3 बाह्रविसेमा नेकपाले चियापान गर्ने
- 2 समाज कल्याण परिषदको सदस्यमा अधिकारकर्मी थापा
- 1 तातोपानी नाकाबाट गृहमन्त्रीको निर्देशन, ‘सीमाक्षेत्रमा अवाञ्छनिय गतिविधि हुन नदिनु’
- 1 प्रधानमन्त्रीको लिखित जवाफः अदालतको अवहेलना गरेको छैन,सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु