ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

बाढीपीडितको व्यवस्थापनका लागी नेपाल बंगलादेश बैंकको सहयोग

न्युज अरनिको, बलेफी । Thursday 30-Jul-2020 08:18 AM

१५ साउन ।बाह्रबिसे बाढीपीडितका लागी बैंक तथा बित्तिय संस्थाहरुले पनि  सहयोग गर्न थालेका छन् । पीडित विस्थापितका राहत तथा व्यवस्थापनका लागी नेपाल बंगलादेश बैंक बार्हबिसे शाखाले एक लाख सहयोग गरेको छ । बैंकका बाह्रबिसे शाखा प्रवन्धक श्रीकृष्ण पौडेलले बुधबार बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई  चेक हस्तान्तरण गर्नुभयो । बैंकको सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत बितरणका निम्ती बाह्रबिसे नगरपालिकाको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग प्रदान गरिएको शाखा प्रवन्धक पौडेलले बताउनुभयो । असार महिना देखिको लगातारको बर्षाले बाह्रर्बिसे नगरपालिका अन्तर्गतका बिभिन्न वडामा बाढि पहिरोका कारण हुन गएको भौतिक एबम मानबिय क्षतिलाइ मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बंगलादेश बैंक बाह्रर्बिसेका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताउनु भयो ।
विपद व्यवस्थापनका लागी धमाधम सहयोग  जुटिरहेको जानकारी दिँदै बाह्रबिसे  नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले   सहयोगीहरुप्रति आभार ब्यक्त गर्नुभयो ।