ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

पत्रकार महासंघ जिल्ला शाखाले क्रियाशील नरहेका १९ जनाको सदस्यता नविकरण नगर्ने

नारायण पराजुली, बलेफी । Thursday 30-Jul-2020 04:23 PM

१५ साउन ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकारीतामा क्रियाशील नरहेको भन्दै १९ सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।  पत्रकारीतामा क्रियाशील नरहेका तथा अन्य पेसा व्यवसायमा रहेका १९ जनाको सदस्यता नविकरण नगर्ने निर्ण गरिएको पत्रकार महासंघ जिल्ला शाखाले जनाएको छ ।
नेपाल पत्रकार महासंघको सदस्यता लिएपनि लामो समयदेखि पत्रकारितामा क्रियाशिल नरहेर  अन्य पेशालाई मुल पेशा बनाएका सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्ण गरिएको पत्रकार महासंघ जिल्ला शाखाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । सचिव थापाका अनुसार राजेन्द्र आचार्य, भरत चौलागाई, रामप्रसाद न्यौपाने, विनोद केसी, मुरारी प्रसाद तिवारी, तारानाथ नेपाल, विनोद थापा, अनिरुद्र न्यौपाने, विदुर भारती, सुमित काफ्ले, जनक पाठक, मिना दुलाल, मिना गुरुङ, बाजुराम थापा,  दिपेन्द्र श्रेष्ठ, कृपा श्रेष्ठ, भरत खडका, टंक खडका, अरुण पौडेलको सदस्यता नविकरण् नहुँदा स्वत खारेज हुनेछ । 
महासंघ जिल्ला शाखाले साउन २१ भित्र सदस्यता नविकरण गर्न शाखामा आवद्ध सदस्यहरुलाई आग्रह समेत गरेको छ । निर्धारीत समयसीमाभित्र नविकरण नगर्ने सदस्यहरुको पनि सदस्यता खारेज हुने बताइएको छ ।