ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

विभिन्न ७ बुँदे माग राख्दै सिटीईभिटीमा अनेरास्ववियुको ज्ञापनपत्र

न्युज अरनिको, बलेफी । Thursday 30-Jul-2020 07:31 PM

१५ साउन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन( अनेरास्ववियु) ले बिभिन्न ७ बुँदे माग राख्दै प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटीइभिटी)मा ज्ञापनपत्र बुझाएको छ । कोभिड १९ का कारण सिर्जित समस्या र अन्य बिभिन्न समस्याहरुको यथासक्य हल गर्न दवाव स्वरुप अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीले आज ज्ञापन पत्र बुझाएको हो ।
लिइएका सम्पुर्ण परीक्षाका परीक्षाफल प्रकाशन गर्नुपर्ने, कोभिड १९ का कारण संचालन हुन नसकेका परीक्षाहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी संचालन गर्नुपर्ने, आगामी शैक्षिक सत्रका लागी अविलम्ब भर्ना प्रकृया सुरु गर्नुपर्ने लगायतका मागसहित परिषदका सदस्यसचिवलाई ज्ञापनपत्र बुझाईएको अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीका अध्यक्ष उमेश थापाले बताउनुभयो । ‘बर्तमान परिस्थितीमा कोभिड  १९ ले सिर्जित समस्या र अन्य यावत समस्याबारे हाम्रो ध्यानाकर्षण भएको छ, बिधि पद्धती र बिद्यार्थी हकहितका बिभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका हौं’, अध्यक्ष थापाले भन्नुभयो । बर्गीकृत छात्रावृति निष्पक्ष र बैज्ञानिक ढंगबाट अघि बढाउन पनि उनीहरुले माग गरेका छन् । नवनियुक्त उपाध्यक्षलाई बधाईसहित विना पुर्वाग्रह निष्पक्ष भएर काम गर्न पनि उनीहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र पेश गर्न अनेरास्ववियु केन्द्रिय सदस्य आकाश घर्तीमगर, दीपक धामी लगायत विद्यार्थी नेताहरु सानोठीमीस्थित परिषदको कार्यालय पुगेका थिए ।