ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ प्रवेशमा कर्डाइः अत्यावस्यक बाहेक अन्तर जिल्ला आवागमन बन्द

न्युज अरनिको, बलेफी । Thursday 30-Jul-2020 09:03 PM

१५ साउन ।सरकारले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आजै रातिबाट लागु हुने गरी साँझ सात बजेदेखी विहान सात बजेसम्म प्रवेशमा रोक लगाएको हो ।

साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । 
काठमाडौं बाहीरका जिल्लामा पनि अत्यावस्यक बाहेक अन्तर जिल्ला सवारी आवागमन रोक्न जिल्ला प्रशासन कार्यालयलाई भनिएको छ । अत्यावस्यक बाहेकलाई पासको व्यवस्था नगर्न र पास बिना एक जिल्लाबाट अर्को जिल्लामा आवागमन पूर्ण रुपमा बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई भनेको छ ।