
१६ साउन ।नेपाली महिलाहरुको चाड तीजलाई लक्षित गर्दै गायक तथा संगितकार रेशम प्रधानले तीज गीत ‘छड्के तिलहरी’ बजारमा ल्याएका छन् । हिन्दु महिलाहरुको चाड तीजका सन्दर्भ पारेर प्रधानले ‘छड्के तिलहरी’ बजारमा ल्याएका हुन् । रेशम प्रधानको शब्द तथा संगितमा सुसज्जित गीतमा टेक अधिकारी र सृजना खत्री(हाउडेमायाँ) ले स्वर भरेका छन् । युवराज खत्रीको निर्देशनमा यादव देवकोटा र आयुष्मा कार्कीको अभिनय रहेको गीति भिडियो सहित छड्के तिलहरी सार्वजनिक गरिएको प्रधानले बताए । तीजका गीतमा पछिल्ला केहि बर्ष यता छाडापन मौलाइरहेका बेला शन्देशमुलक गीत बजारमा ल्याइएको प्रधान बताउँछन् । कोरोना महामारीका बेला फजुल खर्च नगरी तीजलाई खर्चिलो बनाउन हुँदैन भन्ने शन्देस गीतमा समेटीएको छ । हैसियत भन्दा ठूलो चाहना राख्न नहुने र घाँटी हेरेर हाड निल्नुपर्ने जस्ता भाव यस गीतले बोलेको छ ।प्रधानको यसअघि ‘ओई सानी’ बोलको गीतले सांगितीक बजारमा राम्रो चर्चा बटुलेको थियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago