ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

नैनबहादुरको उपचारमा सहयोग जुट्दै,मन्त्री र सांसदले दिए ७० हजार

न्युज अरनिको, बलेफी । Saturday 01-Aug-2020 10:01 PM

१७ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि तत्कालिन माओवादी लडाकुका कम्पनी कमाण्डर नैनबहादुर तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । सशस्त्र युद्धमा बमगोलीका छर्रा लागेर क्यान्सर बोक्न विवश उनलाई केहि दिनयता आर्थिक सहयोग लिएर मन्त्री, सांसद र नेताहरु झक्तपुरस्थित डेरामा पुगिरहेका छन् । 
शनिबार नेकपा सुनकोसी गाउँपालिका कमीटीको समन्वयमा बागमती प्रदेश सरकारका मन्त्री अरुण नेपाल र सांसद सरेश नेपालसहित नेकपाका नेता कार्यकर्ता नैनबहादुर तामाङलाई भेट्न पुगेका छन् । मन्त्री नेपालले नैनबहादुरको उपचारका लागी ७० हजार रुपियाँ सहयोग प्रदान गर्दै स्वास्थ्य उपचारमा आवस्यक पहल गर्ने बताउनुभएको छ । मन्त्री अरुण नेपाल र सांसद सरेश नेपालले संयुक्त रुपमा ७० हजार सहयोग प्रदान गर्नुभएको हो । 
‘परिवर्तनका खातिर लडेको योद्धा आज यो अवस्थामा हुनु बिडम्वना हो, उहाँको उपचारमा सघाउनुपर्छ भन्ने लागेर हामीले केही रकम प्रदान गरेका हौं’, प्रदेश सांसद सरेश नेपालले भन्नुभयो ।