
१८ साउन ।सिन्धुका युवा नव गायक तेज थिङले आफ्नो स्वरमा रहेको माथि माथि लेकममा धुपिको बोट बोलको गीत बजारमा ल्याएका छन् । उनको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।
आस्मान लोप्चनको शब्द, प्रकाश तामाङ तितुङको संगीत रहेको गीत माथि माथि लेकमा बोलको गीतको भिडियो निर्देशन र सम्पादन समेत आस्मान लोप्चनलेनै गरेका छन ।
चाँद सिङको संगित संयोजन एवम गोबिन्द सोनिको ध्वनी सम्पादन रहेको गीतको भिडियो छायांकन र रङ्ग सम्पादन सुर्य लामाको रहेको छ ।
भिडियोमा गायक स्वयम तेज थिङ , आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनय देख्न सकिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको यो पहिलो कोशेली हो । गीत संगीतमा अब निरन्तर लागीरहने बाचा गर्दै सबै स्रोता दर्शकलाई आफ्नो गीत संगीतलाई माया गरेर साथ सहयोग गरिदिन उनले अनुरोध समेत गरेका छन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago