ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ?

न्युज अरनिको, बलेफी । Friday 07-Aug-2020 09:18 PM

२३ साउन । संघीय सरकारका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाभित्र मिलेका कुरा पनि पटक–पटक कसैले भत्काउने गरेको बताएका छन् ।

शुक्रबार ट्विट गर्दै उनले पार्टीभित्र मिलेका कुराहरु पटक–पटक भत्काउँदा पार्टी फुट्न सक्ने चिन्ता समेत प्रकट गरेका छन् ।

पार्टीमा बिहान मिलेका कुरा बेलुका भत्काउने गरेको र पार्टीलाई अस्थिर बनाइराख्न कसैले उत्प्रेरित गरिरहेको संकेत गर्दै ट्विटरमा उनले लेखेका छन्, ‘०५४ को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कम से कम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ रहेछ ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे इतिहासमा विभिन्न फुट र जुटको अवस्था हुँदै आजसम्म आइपुगेको हो । यसबीचमा भारतसँग भएको महाकाली सन्धीलाई लिएर २०५४ सालमा बामदेव गौतमले पार्टी फुटाएका थिए ।

२०५० जेठ ३ गते मदन भण्डारीको निधन भएपछि माधवकुमार नेपाल एमालेको महासचिव बनेका थिए । तत्कालिन सरकारले भारतसँग गरेको महाकाली सन्धीलाई लिएर पार्टीभित्र तीव्र मतभेत चलेको थियो ।

त्यही विवादलाई लिएर गौतमले पार्टी फुटाएर नेकपा माले खोले । वामदेवसँग सिपी मैनाली पनि थिए ।

५ वर्षपछि फेरि गौतम एमालेमै फर्किए । मैनालीको सानो समूह छुट्टै बस्यो र अहिलेसम्म छँदै छ ।दैनिक नेपाल डटकमबाट