ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण 

न्युज अरनिको, बलेफी । Saturday 08-Aug-2020 07:26 PM

२४  साउन । काभ्रेमा बस्दै आएका सुनकोसी गाउपालिका ७ का एक ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संघीय प्रहरी कार्यालय बागमती अन्तर्गत काभ्रेको बनेपामा कार्यरत ७ जनामा कोरोना पोजेटिभ देखिएको र उनीहरुमध्ये एकजना सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ का रहेको प्रहरीले जानकारी दिएको छ । 
१६ साउनमा उनी घर आएका थिए । घरमा दुई दिन बसेर बनेपा फर्कीएका उनको स्वाब परीक्षण गर्दा पोजेटीभ रिपोर्ट आएको हो । 
‘काभ्रेमा थपिएका संक्रमितमध्ये एकजना सुनकोसी गाउँपालिका ७  का हुनुहुन्छ, प्रहरी सेवामा कार्यरत उहाँलाई आसोलेशनमा राखिएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रनाउ माधव काफ्लेले भन्नुभयो । 
 शनिवार संक्रमित ब्यक्तिले फोन गरेर सुनकोसी ७ का वडाध्यालाई आफु संक्रिमित भएको जानकारी गराएका थिए । ‘फोन गरेर जानकारी दिनुभयो, सोही अनुसार प्रत्यक्ष सम्पर्क भएका अन्यको पहिचान गरिरहेका छौं’, वडाध्यक्ष ईश्वर तिमल्सिनाले भन्नुभयो । बनेपा गइसकेपछि स्वाव संकलन र परीक्षण गरिएको भन्दै त्रसित नहुन वडावासीलाई तिमल्सिनाले आग्रह समेत गर्नुभएको छ । ‘सजगता अपनाऔं, थप संयमित बनौं, तर त्रसित नबनौं’, तिमल्सिनाले भन्नुभयो । 
शनिवार  नै सुनकोसी ७ मा स्थानीयलाई सावधानीका उपाय अवलम्बन गर्न र घर बाहीर ननिस्कन प्रहरी प्रशासनले आग्रह गरीसकेको छ । कन्टयाक्ट ट्रेसिङका आधारमा प्रत्यक्ष सम्पर्कमा आएकाहरको पीसीआर टेष्ट गरिने प्रहरी प्रवक्ता काफ्लेले बताउनुभयो ।