ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित

न्युज अरनिको, बलेफी । Sunday 09-Aug-2020 09:17 PM

२५ साउन । आइतबार काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौँमा ९० जना र ललितपुरमा २ जना गरी थप ९२ जनामा संक्रमण देखिएको हो ।

उनीहरुको ७ वटा प्रयोगशालामा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजै देशभर थप ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४० जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १६ हजार ३ सय ५३ जना पुगेको छ । बितेका २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।