ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक

न्युज अरनिको, बलेफी । Monday 10-Aug-2020 09:53 PM

२६ साउन । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौँमा ३६ जना, ललितपुरमा ४ र भक्तपुरमा ४ जना रहेका छन् ।

यससँगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ८० जना पुगेको छ ।

जसमा काठमाडौँमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित रहेका छन् ।

सोमबार मुलुकभर ३३८ संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको सख्ंया २३ हजार ३ सय १० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १४० जना कोरोनामुक्त भएका छन् । निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।