ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय

न्युज अरनिको, बलेफी । Monday 10-Aug-2020 10:26 PM

२६ साउन ।सरकारले हवाई उडान र लामो सेवाका यातायात तत्काल नखोल्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलिदो रुपमा देखिएको र नियन्त्रणमा समेत कठिनाई हुन सक्ने भन्दै भदौ १ गतेबाट खोल्ने भनिएका सबै सेवा तत्काल नखोल्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले भदौ मसान्तसम्म लामो दुरीका सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान नखोल्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले अन्तराष्ट्रिय नाकामा थप कडाई गर्ने निर्णय पनि गरेको छ । यसअघि भारतसँग सीमा जोडिएका विभिन्न २० सीमा खोलेको नेपालले त्यसलाई घटाएर १० वटामा झारेको छ । शैक्षिक संस्थाका विषयमा भने सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेपछि आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिनुभयो । शैक्षिक संस्थाका विषयमा भने सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेपछि आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिनुभयो ।