ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

समाचार प्रभावः कर्मचारीलाई काठमाडौ आउजाउमा कडाई

न्यूज अरनिको । Tuesday 08-Sep-2020 07:52 PM

२३ भदौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागी गठित जिल्लास्तरीय संयन्त्रले संक्रमण नियन्त्रणका लागी सरकारी कर्मचारीलाई काडमडौ आउजाउमा कडाई गर्ने भएको छ । मंगलबार बसेको जिल्ला स्तरीय कमाण्डको बैठकले सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बिदामा काठमाडौ आउजाउ गर्दा जिल्लाभित्र संक्रमण भित्रन सक्ने भन्दै अत्यावस्यक कर्मचारीलाई मात्र कार्यालयमा रहेर कार्य सम्पादनको व्यवस्था मिलाउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको हो ।    शुक्रबार काठमार्डौ जाने र आईतबार जिल्ला भित्रने कर्मचारीहरुका कारण संक्रमणको जोखिम बढेकोप्रति मध्यनजरगरी कर्मचारीको काठमाडौ आउजाउलाई कडाई गर्ने निर्णय भएकोे जिल्ला स्तरीय संयन्त्रका आमन्त्रित सदस्यसमेत रहनुभएका पत्रकार महासंघ जिल्ला शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले बताउनुभयो ।
सरकारी सवारीको निर्वाध र अनावस्यक काठमाडौ आउजाउले जिल्लामा संक्रमणको जोखिम बढेको समाचार सोमबार न्युज अरनिको डटकमले प्रकाशन गरेको थियो ।