
२५ असोज । जुगल गाउँपालिकाको लिदीगाउँका पहिरोपीडितका लागी बिदेशबाट सहयोग जुटेको छ । रोजगारीका सिलसिलामा बिभिन्न देशमा पुगेका जुगलबासीले लिदी पहिरोका पीडितका लागी सहयोग रकम पठाएका छन् । जुगल गाउँपालिका ३ का वडासदस्य एवम नेकपा जुगल गाउँ कमिटीका सचिवालय सदस्य हिमाल तामाङको पहलमा बिभिन्न देशमा रहेका जुगलबासीबाट संकलित १ लाख ५८ हजार ६ सय १८ रुपियाँ जुगल गाउँपालिकाको प्रकोप व्यवस्थापन खातामा जम्मा गरिएको छ ।
लिदी पहिरोपछि नेकपाका स्थानीय नेता एवम वडा सदस्य हिमाल तामाङले पहिरोपीडितका लागी सहयोग संकलनको पहल थाल्नुभएको थियो । कोरोनाका कारण परिस्थिती प्रतिकुल बनेपछि गाउँपालिकाको खातामै रकम जम्मा गरिएको तामाङले बताउनुभयो । मलेसिया, ईराक, साउदी, कुबेत, जोर्डन, साइप्रस, फ्रान्स लगायतका देशमा बस्दै आएका नेपालीबाट सहयोग रकम संकलन भएको थियो ।
(सहयोग गर्नेको नामावली)
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago