ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

प्रबिण बचाउ अभियानः दक्षिण कोरीयाबाट ७३ हजार सहयोग

न्यूज अरनिको । Wednesday 14-Oct-2020 03:09 PM

२८ असोज । जुगल गाउँपालिका ५ का मृगौला पीडित प्रबिण आलेमगरको उपचारका लागी दक्षिण कोरीयामा बस्ने नेपालीहरुले सहयोग संकलन गरि पठाएंका छन् । सिन्धुपाल्चोक सेवा समाज दक्षिण कोरीयाले मृगौला पीडित प्रबिण आलेमगरको उपचारका लागी ७३ हजार ७ सय ५ रुपियाँ रकम नेकपा जुगलका नेता एवम समाजसेवी सिंगबहादुर श्रेष्ठ मार्फत पठाएको छ । बुधबार  भक्तपुरस्थित पीडित आलेमगरको  निवासमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो ।  
हाल दक्षिण कोरीयामा रहेका जुगल गाउँपालिका ३ तापगाउँका चन्द्रप्रकाश शाक्यको अगुवाईमा प्रबिणको जीवन बचाउनका लागी आर्थिक संकलन गरिएको थियो । दक्षिण कोरीयामा रहेका सिन्धुबासी र अन्य जिल्लाका ब्यक्तीहरुले सहयोगार्थ रकम प्रदान गरेको चन्द्रप्रकाश शाक्यले बताउनुभयो । ‘आफ्ै गाउँठाउँको मान्छे उपचार नपाएर छटपटाइरहेको थाहा पाएपछि सहयोगका लागी हामील अपिल ग¥यौँ’, शाक्यले भने, ‘७३ हजार ७ सय सकलन भएपछि रकम पठाएका छौं ।’ शाक्यको पहलमा सिनधुपाल्चोक सेवा समाज दक्षिण कोरीयाबाट प्राप्त रकम हस्तान्तरणका लागी बुधबार नेकपा जुगलका नेता सिंगबहादुर श्रेष्ठ, लक्ष्मण दोङ,  जेपी सिलवाल, हिमाल पाख्रिन तामाङ, केशव आलेमगर लगायत मृगौला पीडित प्रविणको कोठामा पुग्नुभएको थियो ।