ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

पुनर्निर्माण सम्पन्न रानीपोखरीको उद्घाटन

काठमाडौ । Wednesday 21-Oct-2020 06:08 PM


५ कार्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।  मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्नुभयो ।
त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिनुभयो र पोखरीमा जल अर्पण पनि गर्नुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गर्नुभएको थियो ।
उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको उल्लेख गर्नुभयो र त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यही मंसिरभित्र सिंहदरबारको मख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पौष महिनाभित्र २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।
कार्यक्रममाउपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमा अर्पण गर्नुभएको थियो । त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा र क्षमा पूजा गरिएको थियो ।
रानीपोखरी निर्माण कार्य उपभोक्ता समितिमार्फत् तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गरिएको हो । यस कार्यको डिजाइन तथा सुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो ।पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो ।
रानीपोखरी पुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्ति प्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, सम्पदाविद्हरु समेत रहेको समन्वय तथा अनुगमन समिति गठन गरि परिचालन गरिएको थियो ।
रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैँया खर्च भएको छ ।
प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पु¥याएको छ ।