
२९ कार्तिक । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले उद्यम व्यवसाय गर्न चाहने यूवाहरुका लागी पुंजी अभाव हन नदिने बताउनुभएको छ । नेकपा बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री नेपालले उद्यम व्यवसायको स्कील भएका यूवाहरुलाई आफ्नो स्कील देखाएर पैसा लैजान आग्रह गर्नुभयो । ‘उद्यम व्यवसाय गर्न चाहनुहुन्छ, पुँजी छैन भनेर चिन्ता नलिनुस्’, उहाँले भन्नुभयो, –‘स्कील लिएर आउनुस, पैसा लैजानुस ।’
बागमती प्रदेश सरकारले ३ अर्बको कोष नै खडा गरि सहुलियत ऋणको कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । मन्त्री नेपालका अनुसार पहिलो चरणमा यूवाहरुलाई बढिमा ३ प्रतिशत व्याजदरमा उक्त कोषबाट सहुलियत ऋण प्रदान गरिनेछ । विनाधितो ५ लाख सम्म सहुलियत ऋण उपलब्ध गराईनेछ । उद्यम व्यवसायका कार्ययोजना हेरि सहुलियत ऋण प्रदान गरिनेछ । ‘तिहार लगत्तै सहुलियत ऋण प्राप्तीको प्रक्रिया सुरु हुनेछ’, मन्त्री नेपालले भन्नुभयो ।
प्रदेशको विकास र समृद्धिका लागी सरकार ठोष योजनाका साथ अघि बढिरहेको भन्दै उहाँले आम यूवाहरुलाई आयआर्जनमा जोड्न लागिएको उहाँले बताउनुभयो । ‘हामी बेरोजगारी हटाउने दिशातर्फ उन्मुख छौँ’, उहाँले भन्नुभयो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago