
सिन्धुपाल्चोक । कोरोना जोखिमपछि जिल्लामा खेलकुदका क्रियाकलाप ठप्प बनिरहेका बेला बलेफीमा जिल्लास्तरीय खुला फुटसल प्रतियोगिता हुने भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा बलेफी फुटसल समितिले २६ मंसिरदेखि जिल्लास्तरीय फुटसल प्रतियोगिता आयोजना गरेको हो ।
कोराना जोखिमकाबिच पनि सजगताका उपाय अवलम्बन गर्दै पहिलोपटक जिल्लास्तरीय फुटसल प्रतियोगिता हुन लागेको हो । खेल क्षेत्रको बिकासलाई ध्यानमा राख्दै गाउँपालिकाले बिगतका बर्षहरुमा पनि विभिन्न प्रतियोगिता गर्दै आएको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो । बिगतका बर्षहरुमा बलेफीले जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्दै आएको थियो ।
जिल्लास्तरीय फुटसल प्रतियोगितामा ४० टीम सहभागी हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजारसहित ट्रफी मेडल प्रमाणपत्र र सुनकोसीमा निशुल्क ¥याफटीङकोव्यवस्था मिलाईनेछ । दोस्रो हुनेलाई ३० हजार नगदसहित सोही व्यवस्था मिलाइएको छ । फुटसल प्रतियोगितासँगै प्रदेश सरकारको लगानीमा बलेफीमा निर्माण सम्पन्न भएको कवर्डहलको पनि सोही दिन उद्घाटन गरिने बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बताउनुभयो । बागमती सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालले कवर्डहलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago