
२५ मंसिर । दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमण भएपछि ६९ वर्षीय लामा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत हुनुहुन्थ्यो । भेन्टिलेटरमा उपचाररत उहाँको बुधबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ। लामा मिर्गौला, मधुमेह र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो।
२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार भएका लामा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद हुनुभएको थियो । काभ्रेका वौद्धिक र अग्रज नेता लामा नेकपाका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो।
काभ्रेपलाञ्चोकको साविक चौरी देउराली गाउँपालिका घर भएका लामा काठमाडौं ठमेलमा बस्दै आउनुभएको थियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago