ब्रेकिङ न्युज :

सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना, छुटेकाले तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्ने एमाले सुनकोसी गाउँपालिका कमिटीको सपथग्रहण सम्पन्न चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस, रिक्त पदका लागि उपचुनाव नहुने एमाले वडा अधिवेशनः सभामुखको गाउँमा नागरिकलाई दल रोज्ने अधिकार छैन ? रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सहयोग गर्न ‘स्टार’ क्रिकेट प्रतियोगिता

न्युज अरनिको, बलेफी । Thursday 10-Dec-2020 10:45 AM

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ‘स्टार क्रिकेट २०२१’ प्रतियोगिता आयोजना हुने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य आयोजना हुन लागेको च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र चर्चित कलाकारको सहभागिता जनाउने छन् ।

‘निर्माणका लागि खेलौँ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीले सहभागिता जनाउँनेछन् । त्यस्तै प्रमोद खरेल, सन्दीप क्षेत्रीलगायतका स्टार कलाकारले पनि सहभागिता जनाउनेछन् । खेलाडी र कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो । खेल आउँदो माघ २४ गते आयोजना गरिने बताइएको छ । खेलको आयोजनाको जिम्मेवारी गृष्मा ब्रोडकास्टिङले लिएको छ ।