ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

आगामी शैक्षिक सत्र असारदेखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

न्युज अरनिको । Thursday 18-Feb-2021 12:10 PM

६ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी शैक्षिक सत्र असारदेखि शुरु गर्ने निर्णय गरेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने र असारका शुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । संशोधित नियमावली अनुसार नै साविकको भन्दा दुई महिना ढिलो गरी शैक्षिक सत्र सार्ने निर्णय लिइएको मन्त्रालयको भनाइ छ । यसअघि सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिने गरेको थियो । तर, गत वर्षको चैतमा लकडाउन भएर लामो समय शैक्षिक गतिविधि सञ्चालन नहुँदा शैक्षिक सत्र सार्नुपरेको मन्त्रालयले बताएको छ ।