
७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री महेश बस्नेतले केपी ओलीको पुच्छर समातेर पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक रुपमा बैतर्नी तरेको बताएका छन् । शुक्रबार मेलम्चीमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको यूवा संगठन र महिला संघको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले ०७० को निर्वाचनपछि खरानी बनेको प्रचण्डको राजनीति ओलीले नै एकताका नाममा थेगिदिएको जिकिर गर्नुभयो ।
‘०७० मा सुनामी ल्याउने भाषण गर्नुभयो, खरानी नै बन्नुभयो’, नेता बस्नेतले भन्नुभयो, –‘नेपाली जनताले तपार्इँलाई अब पत्याउनेवाला छैन, बेलेमा बुद्धि पु¥याए पार्टीमा फर्कनुस् ।’ पार्टीको आधिकारीकता र चुनाव चिन्ह सुर्य केपी ओली नेतृत्वको नेकपाले नै पाउने भन्दै बस्नेतले प्रचण्डलाई भैंसी र माधव नेपाललाई सिक्का चिन्ह लिएर चुनाव लड्न समेत सुझाए । ‘सुर्य चिन्हमै चुनाव लड्न रहर भए फर्कनुस, नत्र प्रचण्डले भैंसी र माधव नेपालले पैसाको सिक्का चुनाव चिन्ह लिएर चुनाव लडे हुन्छ ।’ केहि नेताहरु बाटो बिराएर क्याल्कुलेटर थिच्दै बसिरहेको भन्दै बस्नेतले उनीहरुलाई मूलधारमा समाहित हुन आग्रह गर्नुभयो । यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड माधव समुहमा ठूलो धक्का लाग्ने बस्नेतले संकेत गर्नुभयो । ‘कोही नेता आउला नआउला, तर सिन्धुपाल्चोकमा केपी ओलीको लहर चैं अब आयो आयो’, बस्नेतले भन्नुभयो, ‘यहि हप्ता प्रचण्ड माधव गुटमा सिनधुपाल्चोकमा ठूलो भुइँचालो जाँदैछ ।’
यूवा तथा महिला भेलालाई केन्द्रिय सदस्य एवम बागमती प्रदेश सभाका सांसद सरेश नेपालले स्थीरता, विकास, समृद्धि र शुसासनका पक्षमा यूवाहरु उभिनुपर्ने बताउनुभयो । ‘लडाकु घोटाला प्रकरणले प्रचण्डलाई पिरोल्यो, माधव नेपाललाई ललिता निवासको कुकर्मले जेल जाने डर छ’, नेता नेपालले भन्नुभयो, ‘त्यै चिन्ता र पिरलोले उहाँहरु सडकमा तमासा देखाइरहनुभएको छ ।’ भेलालाई यूवा संघको अध्यक्ष बच्चन बहादुर सिँह, केन्द्रिय सदस्य हस्त पण्डित, जिल्ला अध्यक्ष बालकृष्ण देउजा, यूवा संघका उपाध्यक्ष अशोक चौलागाइँ लगायतले सम्बोधन गर्नुभयो ।
मेलम्ची भेलाले ओली नेतृत्वको नेकपाको यूवा संघको जिल्ला कमिटी र महिला संघको जिल्ला कमिटी समेत घोषणा गरेको छ । महिला संघमा उमा प्रधान र युवा संघमा राजकुमार सुवेदीको संयोजकत्वमा कमिटी घोषणा भएको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago