ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

ओली कित्तामा उभिए संविधान सभा सदस्य राजकुमार श्रेष्ठ

न्यूज अरनिको । Sunday 21-Feb-2021 11:20 AM

संविधान सभाको पहिलो निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित ३ सभासद मध्यका अर्का एक  सभासद एवम तत्कालिन माओवादीका नेता राजकुमार श्रेष्ठ  नेकपाको संस्थापन पक्षमा उभिनुभएको छ । शनिबार ओली नेतृत्वको नेकपाको जिल्ला कमिटीमा मनोनित सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा सरिक भएका संविधान सभाका सदस्य श्रेष्ठले   आफु विकास, समृद्धि र शुसासनका  पक्षमा उभिएको प्रतिक्रिया दिनुभयो ।
संविधानसभाका सदस्य  दावा तामाङ  यसअघि नै  ओलि  नेतृत्वको नेकपामा  कित्ता क्लीयर गर्दै सरकारको  यूवा तथा  खेलकुद मन्त्री नियुक्त हुनुभयो । तत्कालिन माओवादीबाट संविधान सभामा निर्वाचत दुई जना नेता ओली कित्तामा  उभिएपछि प्रचण्ड माधव समुह सिन्धुपाल्चोकमा कमजोर बन्दै गरेको ओली पक्षको दावी छ । शेरबहादुर कम्रेड मूलधारमै फर्किएपछि सिन्धुपाल्चोकमा प्रचण्ड माधव समुहमा कम्पन  सुरु  भएको छ, तत्कालिन माओवादीबाट संविधानसभामा निर्वाचित सभासदमध्ये अग्नि सापकोटा प्रचण्ड समुहमा एक्लो  हुनुभयो, ओली पक्षका केन्द्रिय  सदस्य एवम बागमती प्रदेश सभाका सदस्य सरेश नेपालले भन्नुभयो । संविधान सभाको निर्वाचन ०६४ मा सिन्धुपाल्चोकका ३ क्षेत्रबाटै तत्कालिन माओवादीले जितेको थियो । क्षेत्र नम्बर १ बाट निर्वाचित श्रेष्ठ र ३ नम्बर क्षेत्रबाट निर्वाचित तामाङ   ओली कित्तामा उभिनुभएको हो ।  तामाङ  र श्रेष्ठ ओली समुहमा उभिएपछि ०६४ को संविधान सभामा क्षेत्र नम्बर २ बाट निर्वाचत अग्नि प्रसाद सापकोटा प्रचण्ड माधव समुहमा एक्लो हुनुभएको हो ।