ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना कम छ : बार कोषाध्यक्ष

न्यूज अरनिको । Sunday 21-Feb-2021 06:39 PM

९ फागुन । नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भापना निकै कम रहेको बताएका छन् ।

अहिले अदालतसामू ठूलो चूनौती रहेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दुवै पक्षबाट अदालतमाथि हमला भएको समेत बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो विषयलाई लिएर सर्वोच्च अदालतमाथि एक किसिमको हमला गरिएको अवस्था छ । यो भन्दा पहिला, विभिन्न कोणबाट अदालतमाथि बोलियो । अदालतलाई थ्रेट गर्ने काम भयो । मैले गरेको विघटन सही छ भनिएको पनि सुनियो । दुवै तर्फबाट आएका अभिव्यक्ति न्यायपालिकामाथि उचित ढंगका अभिव्यक्ति होईन ।’

न्यायालयले स्वतन्त्र निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान र कानूनले तोकेको परिधिभन्दा बाहिर गएर फैसला नआउने दाबी समेत गरे । ‘अहिलेको जुन वातावरण छ, संवैधानिक व्यवस्था छ, यो हेर्दाखेरि म संसद पुनःस्थापना हुन्छ भन्नेमा कम विश्वास राख्छु,’ उनले भने ।