विभाजनको संघारमा रहेको नेकपाका नेता कार्यकर्ताहरुमा तिव्र ध्रुविकरण भइरहेका बेला सिन्धुपाल्चोकमा भने साविक एमाले निकट अनेरास्ववियुका अधिकांश पूर्व अध्यक्षहरु केपी ओली नेतृत्वको नेकपामा उभिएका छन् । अनेरास्ववियुका केहि पूर्व अध्यक्ष बाहेक अधिकांशले ओली पक्षमा कित्ता क्लियर गरेका हुन् । अखिलका १० भन्दा बढि पूर्व जिल्ला अध्यक्षहरु ओली पक्षमा खुलेको र शशक्त रुपमा पार्टीका गतिविधिमा लागिरहेका छन् । केहि पूर्व अध्यक्षहरु उता लाग्नयो, हामी अधिकांश त मूलधारमै छौं, अनेरास्ववियुसिन्धुपाल्चोकका पूर्व अध्यक्ष बिजयकृष्ण श्रेष्ठले भन्नुभयो । अनेरास्वियुका दोस्रो सम्मेलनबाट निर्वाचित अध्यक्ष कृष्ण श्रेष्ठ, चौथो अध्यक्ष बालकृष्ण ढकालसहित पूर्व अध्यक्षहरु शेरबहादुर तामाङ , शम्भु सापकोटा, बिजयकृष्ण श्रेष्ठ,दीपक सुवेदी, जेपी सिलवाल, यज्ञ दंगाल, बिष्णुमणी आचार्य, शशीनाथ आचार्य, चन्द्र थिङ , ईश्वर तिमल्सिना, चरीबहादुर तामाङ ओली पक्षमा शशक्त भएर लागेका छन् । अखिलका पूर्व जिल्ला अध्यक्षहरुमध्य झम्क नेपाल, केदार क्षेत्री, टासी लामा, नेत्र पौड्याल, अर्जुन भण्डारी र हिरा चौलागाइँ प्रचण्ड माधव पक्षमा खुलेका छन् ।
संगठनको विरासत जोगाउँन र प्रधानमन्त्री केपी ओलीको बिकास र समृद्धिको एजेण्डालाई सफल बनाउनका लागी आफुहरु यो पक्षमा खुलेको पूर्व अध्यक्ष जेपी सिलवाल बताउँछन् । अखिलको जिल्ला नेतृत्व सम्हाल्दै हाल जनप्रतिनिधिका रुपमा रहेका चरिबहादुर तामाङ पनि केपी ओलीको समृद्ध नेपालको सपना साकार पार्न आफुहरु ओली पक्षमा खुलेको बताउँछन् । अखिलका पूर्व अध्यक्ष भोला बोहोरा, तुल्सी श्रेष्ठ, बेदबिक्रम कार्की लगायत भने पार्टी परित्याग गरि काँग्रेसको राजनीतिमा छन् । संस्थापक अध्यक्ष राजु भुजु सक्रिय राजनीतिमा छैनन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago