ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रम पोखरेल

न्युज अरनिको । Monday 22-Feb-2021 02:43 PM

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।” कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले थप्नुभयो, “लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।” उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्को एक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उहाँले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राख्नुभयो । सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने प्रष्ट पार्दै उहाँले भन्नुभयो “सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।”