
बाह्रविसे । ईलाका प्रहरी कार्यालय बाह्रबिसेको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले भवनको उद्घाटन गर्नुभयो ।
२०७२ को भूकम्प र २०७७ को भोटेकोशी नदीको कटानको कारण क्षतिग्रस्त भएकोले पुननिर्माण प्राधिकरणको डिजाइन र बागमती प्रदेश प्रहरी कार्यालयको रेखदेखमा बनेको नयाँ भबन उद्घाटनसँगै प्रहरी कार्यालय नयाँ भवनमा सरेको छ ।
देशको सुरक्षा गर्ने सिपाहीहरुको लागि सुरक्षित ब्यारेक निर्माण गरिएकोमा आफु र नेपाल प्रहरी गौरवान्वित महसुस गरेको बताउनुभयो ।
बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले प्रहरी कुनै राजनैतिक दलको नभइ जनताको शान्ति सुरक्षा र अमनचयनमा सदैब खटिरहने बताउनुभयो ।
सुविधासम्पन्न भवन बनेपछि प्रहरीलाई प्रशासनिक कार्यसम्पादनमा सहज भएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्चार्ज प्रनि देवेन्द्रबहादुर शाहले बताउनुभयो ।
सोमबार नै बलेफी मा पनि प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago