
१३ फागुन । प्रतिनिधिसभा पुनःस्थापनालगत्तै लड्डु बाँडेर खुसियाली मनाउनु भएका नेकपा प्रचण्ड–माधव समुहमा फेरि निरासा छाएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाइने भयो भन्दै खुसियाली मनाउनु भएका प्रचण्ड र माधव कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेपछि निरास बन्नुभएको हो ।
अदालतको फैसलापछि सोमवार देउवा निवास बुढानिलकण्ठ पुग्नुभएका दुवै नेतालाई देउवाले कानूनी रुपमा नेकपा एउटै रहेको र सहकार्य गर्दा बिगतमा पाएको धोकालाई नबिर्सेको बताएपछि दुवै नेता निरास बन्नुपरेको हो । स्रोतका अनुसार सोमवार भएको भेटमा देउवाले प्रचण्डलाई ‘तपाईं जस्तो धोकेवाजसँग फेरि सहकार्य गर्ने कि नगर्ने ?’ भन्दै जवाफ फर्काउनु भएको थियो ।
ओलीलाई नहटाए आफूहरुबिरुद्ध ठुलै षडयन्त्र गर्न सक्ने भन्दै प्रचण्डले पहिला ओली हटाउन अबिश्वासको प्रस्तावलाई पारित गरौं, त्यसपछि तपाई प्रधानमन्त्री बन्नुहोला भनेर ललिपप देखाउनु भएको थियो । देउवाले भने प्रधानमन्त्रीबिरुद्ध संसदमा अबिश्वासको प्रस्ताव लैजाँदा नै प्रधानमन्त्रीको उम्मेद्वार दिनुपर्ने र त्यो काम प्रचण्ड आफैले गरिसकेको भन्दै फेरि झुट कुरा नगर्न सचेत गराउनु भएको थियो ।
‘ओली फालेर म आफै प्रधानमन्त्री हुन्छु भन्दै प्रस्ताव लानुभएको छ, अहिले मलाई छक्याउने कुरा गर्ने ? पहिला पनि धोका भइसक्यो, अव फेरि धोका खानु छैन,’ प्रचण्डलाई देउवाको भनाई उधृत गर्दै स्रोतले भन्यो । यस्तै देउवाले आफ्नो पार्टीमा जसरी कांग्रेसभित्र नेतापिच्छे खेल्ने काम नगर्नसमेत सचेत गराउनु भएको थियो । प्रचण्डले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भन्दै कानमा चिनी हालेपछि देउवाले यस्तो कुरा उठाएको स्रोतको भनाई छ । केही समयअघि देउवाले सार्वजनिक रुपमा नेकपाभित्रको समस्याले कांग्रेसमा पनि समस्या पार्न थालेको बताउनु भएको थियो ।
देउवाको यस्तो कुरा आएपछि प्रतिनिधिसभा पुनःस्थापनासँगै देशभर बिजयउत्सव मनाउँदै एकअर्कालाई लड्डु खुवाउनु भएका प्रचण्ड र माधव ओली फाल्न नसकिने भयो भन्दै निरास हुनुभएको छ । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने अभियान चाल्दा पार्टी नै बिभाजन भएपनि कानूनी मान्यता नपाएको अवस्थामा सरकार गठन हुन नसक्ने र बिगतको धोकाका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ‘अव फेरि धोका खाने काम गर्दिन’ भन्दै फिर्ता पठाएपछि प्रचण्ड र माधव निरास बन्नुभएको हो ।
बुढानिलकण्ठ स्रोतका अनुसार भारतको योजना ओली फाल्ने र आफूलाई पनि प्रधानमन्त्री हुन नदिने रहेको बिषयमा देउवा प्रष्ट हुनुहुन्छ । भारत आफ्ना तीन बिश्वासपात्र डा. बाबुराम भट्टराई, महन्त ठाकुर वा माधवकुमार नेपालमध्ये एकलाई प्रधानमन्त्री बनाउने योजना बनाएरै कांगेसभित्र र नेकपामा खेलिरहेको सूचना पनि देउवाले पाइसक्नु भएको स्रोतको भनाई छ ।जनताटाईम्सबाट
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
1 year ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
1 year ago
-
सवारी चालकलाई सडकमै खादा र माला
1 year ago