ब्रेकिङ न्युज :

पत्रकार महासंघ सिन्धु शाखामा नयाँ नेतृत्व सरकार निर्माण : जसपाद्वारा च्याप्टर क्लोज कांग्रेसको क्रियाशील सदस्यता वितरण चैत मसान्तसम्म एमालेद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाहीः६ महिनाका लागि सदस्यबाट निलम्बन देशभर ४ दिनका लागि शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय शिक्षण संस्था बन्द गर्दै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी बालुवाटार जग्गा प्रकरण: माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै खाली भयो लोक सेवा आयोगः अध्यक्षसहित पाँच पदाधिकारीको छ वर्षे कार्यकाल पूरा ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…………’ कोरोना जोखिम बढेपछि मलामी संख्या कम गर्न आग्रह

जनताको अदालतमा केपी ओलीलाई कसैले हराउन सक्नेछैनः शेरबहादुर तामाङ

न्युज अरनिको । Thursday 25-Feb-2021 01:37 PM

१३ फागुन । पूर्वकानून मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता र जनता केपी ओलीकै साथमा दृढतापुर्वक उभिएकोले अदालतबाट हारे पनि जनताको अदालतबाट जितेरै छाडने घोषणा गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा आज बोल्दै नेकपाका नेता तामाङले यस्तो घोषणा गर्नुभएको हो ।

‘सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो, ‘अदालतबाट के फैसला हुन्छ रु त्यसको आधारमा पार्टी बन्दैन, पार्टी बनाउने युवा पुस्ताले हो, जनताको मायाले हो । युवा पुस्ता र जनता केपी ओलीको पक्षमा दृढतापुर्वक उभिएका छन ।’ उहाँले अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई बर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दै उत्साहका साथ काममा खटिन सुझाउनु भयो ।

‘चुनाव सदर भएको भए हतार हतारमा सवै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ रु भन्ने थियो, अव दुई बर्ष संगठन गर्ने अवसर पायौं, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो । उहाँले अदालतको फैसलाले पार्टी निर्माण नहुने प्रष्ट पार्नुभयो । अदालतले जे फैसला गरेपनि युवा पुस्ता केपी ओलीकै साथमा रहेको ठोकुवा पनि उहाँले गर्नुभयो ।

‘नयाँ जेनेरेशन केपी ओली जिन्दावादमा छ, केपी ओली जिन्दावाद भनिरहेछ, त्यसैले यो पार्टी बाँच्छ, त्यही पुस्ताले पार्टी निर्माण हुन्छ,’ पूर्वकानूनमन्त्री तामाङले भन्नुभयो । उहाँले केपी ओलीको नेतृत्वमा रहेका सवै नेता कार्यकर्ता र समृद्धि र निर्माणको पक्षमा रहेकोले अदालतो फैसला आएपछि मुलुक सान्त रहेको बताउनु भयो ।

‘अदालतबाट सायद हिजोको फैसला ९संसद पुनःस्थापना० ठीक उल्टो आएको भए आज के हुन्थ्यो होला रु आज नेपाल बन्द हुन्थ्यो होला, तोडफोड हुन्थ्यो होला, ध्वंस हुन्थ्यो होला, तर आज त्यस्तो केही छैन । किनकी हामी संयमतापुर्वक आफ्नो बिचार राखिरहेका छौं, हामी निर्माणको पक्षमा हौं, हामी समृद्धिको पक्षमा हौं,’ तामाङले भन्नुभयो, ‘समृद्धि र निर्माणको नेतृत्व केपी ओलीले गरिरहँदा के बिगार्नुभयो रु यो मुलुकको समृद्धि, निर्माण हाम्रो प्रमुख एजेण्डा हो । त्यही एजेण्डा लिएर हामी सर्वोत्कृष्ट पार्टी निर्माण गर्छौं ।’

उहाँले १३ बर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको एउटा फैसला बिपक्षमा हुँदैमा हराउन नसकिने ठोकुवा पनि गर्नुभयो ।