
२५ फागुन । नेपाली सेनाद्वारा आयोजित लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन कुलुङ्ग प्रथम भएका छन् ।
सेना दिवसका अवसरमा गोरख बक्स गण चौताराले आयोजना गरेको २१.२५ दौडमा अनिश थापा मगर दोस्रो भएका छन् भने रामेछापका बेदबहादुर सुनुवार तेस्रो भएका छन् ।
दौडमा प्रथम हुनेले १ लाख नगद पुरस्कार पाएका छन् भने दोस्रो हुनेलाई ६० हजार, तेस्रो हुनेलाई ४० हजार, चौथो हुनेलाई २० हजार, पाँचौ हुनेलाई १५ र छैटो १० हजार पुरस्कार पाएका छन् ।
सिन्धुपाल्चोक जिल्लाब्यापी रेसमा भने भोटेकोशी गाउँपालिकाका कृष्णबहादुर पौडेल प्रथम भएका छन् । मेलम्चीका श्यामकुमार तामाङ्ग दोस्रो र सहदेव खत्री तेस्रो भएका छन् ।
महिला तर्फ भोजपुरकी अनिता राई प्रथम र प्यूठानकी भूमी बुढामगर दोस्रो भएकी छिन् ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
10 months ago