ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

तेस्रो बलेफी कप जिल्लास्तरीय फुटबलको उपाधी सुनकोसीलाई

न्यूज अरनिको । Saturday 20-Mar-2021 04:49 AM

६ चैत । तेस्रो बलेफी कप जिल्ला स्तरीय फुटबलको उपाधी सुनकोसी गाउँपालिकाले चुमेको छ । साताअघिदेखि लामोसाँघुको बसन्तपुर खेलमैदानमा जारी खेलको शुक्रबार सम्पन्न फाईनल खेलमा बाह्रबिसे नगरपालिकालाई  हराउँदै सुनकोसी गाउँपालिकाले तेस्रो बलेफी कपको उपाधी जितेको हो । गतबर्षको बलेफी कपमा उपबिजेतामै खुम्चीएको सुनकोसी गाउँपालिकाले यसबर्ष उपाधी चुम्न सफल भयो ।
शुक्रबारको फाईनल खेलमा सुनकोसीका तर्फबाट शुुर्य खत्रीले पहिलो गोल गरेका थिए । पहिलो हाफमै सुनकोसीका तर्फबाट  आवास योञ्जनले पेनाल्टी मार्फत गोल थप गरे । बाह्रबिसेले कुनै गोल फर्काउन नसक्दा उपबिजेतामै खुम्चनुप¥यो ।   बिजेता र उपबिजेतालाई खेल समापन समारोहमा पुरस्कार, टफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे । बिजेतालाई नगद १ लाख र उपबिजेतालाई ५० हजार पुरस्कार प्रदान गरिएको थियो । तेस्रो बलेफी कप जिल्लस्तरीय फुटबल  प्रतियोगितामा सुनकोसीका सुजन माझी उत्कृष्ट गोलकर्ता घोषित भए । उतकृष्ट फर्वाडको उपाधी हेलम्बुका अजय तामाले पाए । बेष्ट प्लेयर अफ द सिरजको उपाधी पाँचपोखरीका राजु परियारले पाए भने उत्कृष्ट गोलरक्षक सुनकोसीका एरोन कार्की र उत्कृष्ट डिफेण्डर पनि सुनकोसीकै बिक्रम माझी घोष्ति भए ।
बिगत ३ बर्षदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्दै आएको बलेफी गाउँपालिकाले आगामी बर्ष पनि चौथो बलेफी कप आयोजना गरिने गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले घोषणा गरे । कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीसहित स्थानीय जनप्रतिनीधिहरुको उपस्थिती थियो । बलेफी गाउँपालिकाको सहयोगमा जिल्ला फुटबल संघले खेलको संयोजन गरेको हो ।