ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

टी–ट्वान्टीका लागि नेपाली क्रिकेट टोलीको घोषणा

न्यूज अरनिको । Thursday 15-Apr-2021 03:32 AM

काठमाडौं, बैशाख १ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।