ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

कोरोनाबाट थप आज ९ जना संक्रमितको मृत्यु

न्युज अरनिको, बलेफी । Thursday 29-Apr-2021 11:28 AM

काठमाडौँ,१६ बैशाख । विहिवार विहान उपचारको विभिन्न अस्पतालमा रहेका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका९४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ।

६० वर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो। त्यस्तै नेपालगञ्ज–९ का ४२ वर्षीय पुरूषको १० बजे राति, बर्दियाको बढैयाताल गाउँपालिका –८ का ३२ वर्षीय पुरूषको बिहीबार बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको छ। त्यस्तै नेपालगञ्ज–५ का ५५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। फोकल पर्सन वलीका अनुसार उनको मृत्यु बिहीबार बिहान साढे ५ बजेतिर भएको थियो। योसहित बाँके जिल्लाका मात्रै १०६ जना र बाँके जिल्ला बाहिरका थप १०९ जना कोरोना संक्रमितको हालसम्म मृत्यु भएको छ भने रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभयो । त्यस्तै, गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा।गौतमले जानकारी दिनुभयो । कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । बैशाख १४ गते सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो लहरको कोरोनापछि सेती अस्पतालमा उपचाररत ९ संक्रमितको मृत्यु भइसकेको छ भने हाल सम्म ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।