ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

पदयात्रा र पर्यटन क्षेत्रका चुनौतीबारे मन्त्री नेपालसँग टानको अन्तर्कृया

न्युज अरनिको, बलेफी । Sunday 09-May-2021 05:07 PM

२६ बैशाख । पदयात्रा तथा पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल(टान) ले  बागमती प्रदेश सरकारका पर्यटन मन्त्री सरेश नेपालसँग छलफल गरेको छ । आईतवार जुम प्रविधी मार्फत  टानका पदाधिकारी एवम सरोकारवालाहरुले पदयात्रा र पर्यटन क्षेत्रको विध्यमान अवस्था र अबको योजना बारे मन्त्री नेपालसँग छलफल गरे ।  प्रदेश सरकार नीति तथा कार्यक्रम र वजेट निर्माणमा जुटिरहँदा बिषयगत रुपमा यस्ता छलफल र विचार आदानप्रदानले आवस्यक नीति र योजना निर्माणमा सघाउ पुग्ने मन्त्री नेपालले बताउनुभयो ।  पर्यटन क्षेत्रको बिकास र पर्यटनलाई जनजीवनसँग जोड्ने संकल्पका साथ प्रदेश सरकार अघि बढिरहेको मन्त्री नेपालले बताउनुभयो ।    छलफलमा ट्रेकिङ एजेन्सी एशोशियसन अफ नेपाल(टान) का अध्यक्ष खुम बहादुर सुबेदीले पर्यटन क्षेत्रका गतिविधि अघि बढाउन नसकिरहेको पछिल्लो अबस्थामा प्रदेश सरकारको भुमिका कस्तो रहने भन्ने चासो राख्नुभएको थियो ।  अध्यक्ष सुबेदीले प्रदेश सरकारले बिना धितो २५ लाखसम्म ॠण उपलब्ध गराउनुपर्ने, मजदुरका समस्या समाधान गर्नुपर्ने, प्रदेश पर्यटन कार्यालय मुख्य शहरी भेगमा सार्नुपर्ने लगायतका माग समेत मन्त्रीसामु राख्नुभयो ।  कोभिड महामारीले पर्यटन क्षेत्र तहसनहस बनाएको भन्दै प्रदेश सरकारले राहतमा पर्यटन मजदुरलाई प्राथमिकता दिन छलफलमा  सहभागीहरुले सुझाए ।  कोभिड महामारीले पर्यटन व्यवसाय कोमामा पुर्याएको भन्दै टानका सचिव दामोदर ढकालले सबै एकताबद्ध भएर पर्यटन क्षेत्रलाई उठाउनुपर्नेमा जोड दिनुभयो ।