ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

प्रहरीको जागिर छाडेर निर्माण व्यवसायमा रम्दै जम्दै बिरेन्द्र

न्युज अरनिको, बलेफी । Wednesday 19-May-2021 10:35 AM

बिरेन्द्र खत्री, नेपाल प्रहरीमा लामो समय सेवा गरेर व्यवसायमा रम्दै– जम्दै गरेका मान्छे । सिन्धुपाल्चोक चौतारा  साँगाचोकगढी नगरपालिका साँगाचोकका उनी प्रहरीको जागिर नै छाडेर व्यवसायमा लागेका थिए । प्रहरी जागिर छाडेर निर्माण व्यवसायमा लागेका उनले साना ठूला धेरै निर्माणका काम सम्पन्न गरिसके । र यतिबेला  यतिबेला बिरुभाइ ट्रेडर्स एण्ड कन्ट्रक्सन प्रा लीका सन्चालक बिरेन्द्र खत्री सहित तिन भाई मिलेर राष्ट्रिय गौरवको योजनामा त्रिभुवन विमानस्थलको काम धमाधम अगाडि बढाएका छन्।नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको काठमाडौको एयर पार्किङ बनाउने कार्य तिब्र रुपले भए संगै माटो फिलिङ गर्ने काम भईरहेको छ । तिन भाइ मिलेर राष्ट्रिय गौरबको आयोजना अगाडि बढाएका छन । साथै कोरोना माहामारीमा पनि करिब २०० देखि ३०० जना मानिसलाई रोजगारी समेत दिईरहेका छन् ।  
निर्माण व्यवसायमा बिरेन्द्रको जीवन केबल नाफाघाटामा मात्र सिमित छैन । असहाय र दुखी जनहरुका लागी पनि उनी समर्पित रहँदै आएका छन् । ‘जागिर छाडेर निर्माण व्यवसायमा लागेँ, तर प्रहरीमा रहँदा जस्तै समाजसेवामा अघि बढिरहेकै छु’, खत्री भन्छन् । 
 मेहनत र परिश्रमकै बलमा आज उनी बिरुभाई कम्पनीका सन्चालक बन्न सफल भएका छन् । उनले यस बिरुभाई टे«डस एण्ड कन्ट्रक्सन प्राली सुचारुमा ल्याएको पनि ५ बर्ष पुगिसकेको छ।  

बिरेन्द्र खत्रीले यस कम्पनीमा करिब २०० देखि ३०० जना मानिसलाई रोजगार दिएका छन् । उनका हितेसि साथि तथा यसै कम्पनीका एमडी अरुण खड्का पनि निकै मिहेनती रहेको भनाई छ । यस कम्पनी माथी र राम्रा काम गर्न सफलमा एमडि अरुणको ठुलो हात रहेको पाईयो छ ।सन्चालक बिरेन्द्रका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगारी दिईएको छ । । 

एमडि अरुण खड्काका  अनुसार कम्पनीको उत्कृष्ट कामले गर्दा एयरपोर्ट जस्ता ठुला प्रोजेक्ट पाउन सफल भएको बताउँछन् ।  यस कम्पनीका बजार व्यवस्थापन कपिल प्रधानले गरेका छन् ।