ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

स्वास्थ्य मन्त्रीका रुपमा सरकारमा शेरबहादुर तामाङको ‘कमब्याक’ 

न्युज अरनिको, बलेफी । Saturday 05-Jun-2021 05:46 AM

२१ जेठ ।  नेकपा एमालेका केन्द्रिय सदस्य एवम विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट  निर्वाचित साँसद शेरबहादुर तामाङ सरकारमा ‘कमब्याक’ भएका छन् ।  शुक्रबार मन्त्रीमण्डल बिस्तार भएसँगै सिन्धुका नेता शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका तामाङले सार्वजनिक समारोहको भाषणको एक अंश विवादित भएपछि नैतिकताका आधारमा राजिनामा दिएका थिए  ।

को हुन शेरबहादुर तामाङ ?

२०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका तामाङ स्कुल जीवनदेखि नै तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भए। उनले २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीति सुरु गरेका हुन्।

तामाङ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भएका थिए।

२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बने। २०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य बनेका तामाङ अहिले एमालेको केन्द्रीय सदस्य र केन्द्रिय कार्यालय सचिव  छन्। तामाङ २०६३ सालमा गुम्बा विकास समिति सदस्य सचिव पनि भएका थिए।

गएको प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजित गर्दै उनी दोस्रोपटक सांसद बनेका हुन्। २०६४ सालको पहिलो संविधानसभामा पराजित भएका तामाङ ०७० सालको दोस्रो संविधानसभा सिन्धुपाल्चोकबाटै निर्वाचित भएका थिए। उनले मानवशास्त्र, समाजशात्र र इतिहास र कानुनमा स्नातकोत्तर गरेका छन्।