ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

एकको शव फेला, ७ बेपत्ता: अझै आउन सकेन आधिकारिक विवरण

न्युज अरनिको, बलेफी । Wednesday 16-Jun-2021 07:55 PM

२ असार । हेलम्बु-मेलम्ची बाढीमा परि बेपत्ता भएका मध्ये  एकजनाको शव फेला परेको छ । बाढीमा परि बेपत्ता भएकाहरुको यकिन विवरण आउन नसकेको र एकजनाको मात्रै शव फेला परेको प्रहरीले जानकारी दियो ।   बाढीमा परि बेपत्ता भएकामध्ये ७ जनाको पहिचान भएको छ । हेलम्बु गाउँपालिकाका गणेश ज्योती, माधव भण्डारी , टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपती, श्यामा तामाङ, र चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल बेपत्ता भएका छन ।  बेपत्ता ७ जनाको विवरण आएपनी थप  केही मानिसहरु हराईरहेको स्थानियले बताएका छन । बाढीमा कति जना परे र बेपत्ता भए भन्ने आधिकारीक विवरण आउन सकेको छैन ।