ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

बाढीको घाउमा राजनीतीक दाउ: अनेरास्ववियुको हेल्थ डेस्कमा हुलदंगा

न्युज अरनिको, बलेफी । Thursday 17-Jun-2021 09:50 PM

३ असार । बुधबार एमाले भातृ  संगठन अनेरास्ववियु बाढीबाट प्रभावित र विस्थापित भएकालाई खाद्यान्न  राहत सहित स्वास्थ्य सामाग्री र मेडिकल टिम नै लिएर मेलम्ची आइपुग्यो ।  अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची आइपुगेको टोलीले  पीडित प्रभावित परिवारलाई राहत वितरणसंगै उनिहरुका लागि  दुई जना हेल्थ असिस्टेन्टसहित "हेल्थ डेस्क" नै स्थापना गर्यो ।  अनेरास्ववियुले आफ्नो ब्यानर राखेर हेल्थ डेस्क राखेको र राजनीति गरेको भन्दै बिहिबार माओवादी केन्द्रका केही युवाले बिस्थापितका अस्थायी सेल्टर परिसरमा हुलदंगा गरेका छन । बाढीको पीडाले छटपटाईरहेका पीडित बिस्थापितलाई उचित राहतको मल्हम लगाउनुपर्ने बेला उल्टै राजनीतिक स्वार्थ बोकेर केही युवाहरुले उदण्डता  देखाएको अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका मेलम्चीका स्थानिय बालकृष्ण दुलालले बताए । "ब्यानर किन राखेको भन्दै आए, अक्स्मात हुलदंगा मच्चाउन थाले", दुलालले भने । ब्यानरका नाममा "म्यानरलेस" बनेर माओवादी समर्थित युबाहरुले बाढी पीडितका  सेल्टर परिसरमा उदण्डता मच्चाउनु दुखद भएको अनेरास्ववियुका जिल्ला संयोजक रामचन्द्र  थापाले बताए ।