ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

राहत लिएर हेलम्बुमा प्रदेश मन्त्री सरेश नेपाल

न्युज अरनिको, बलेफी । Friday 18-Jun-2021 09:48 PM

४ असार, हेलम्बु । कहाली लाग्दो मेलम्ची बाढीबाट पीडित र बिस्थापित भएकालाई भेट्न बागमती प्रदेश सरकारका उधोग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल हेलम्बु पुग्नुभएको छ । मेलम्ची नगरपालिकामा मात्रै राहत केन्दृत भैरहँदा शुक्रवार राहत सामाग्री लिएर मन्त्री नेपालसहितको टोली हेलम्बु गाउँपालिकाको चनौटे पुगेको हो । हेलम्बुका बाढी पीडितका समस्या बुझ्दै मन्त्री नेपालले टेण्ट, त्रिपाल, स्वास्थ्य सामाग्री र अत्यावश्यक खाद्यान्न वितरण गर्नुभएको छ । तत्कालका लागी अस्थायी सेल्टरका लागि ५० थान हेभी टेण्ट र एकसय थान त्रिपाल प्रदान गरिएको छ । बागमती प्रदेश सरकारका तर्फबाट बाढी पीडितका लागि आधारभुत औषधि उपचारका लागि १० बाक्सा स्वास्थ्य सामाग्री पनि मन्त्री नेपालले प्रदान गर्नुभयो । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) र तिलगंगा आँखा अस्पतालका तर्फबाट दैनिक उपभोग्य सामाग्रीका प्याकेज पनि प्रदान गरिएको छ । एक सय घर परिवारलाई उक्त प्याकेज प्रदान गरिएको हो ।  ईन्जिनियरहरुको संगठन (PEAN) का तर्फबाट पीडितहरुका लागि सोलार पनि प्रदान गरिएको छ । बाढीपीडित हेलम्बु र मेलम्चीबासीको दीगो व्यवस्थापनमा केन्द्र र प्रदेश सरकार ठोष योजनाका साथ अघि बढ्ने मन्त्री नेपालले बताउनुभयो । बाढी लगत्तै मन्त्री नेपाल बाढीग्रस्त क्षेत्र मेलम्चीमा पुगि पीडितका अवस्था बुझ्नुभएको थियो ।