ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

जुगलमा बाढीपहिरो : पैदल मार्ग टुटेपछी हेलिकप्टर बाट उद्धार र राहत

न्युज अरनिको, बलेफी । Saturday 19-Jun-2021 12:13 PM

 ५ असार । अविरल बर्षा र पहिरोले जुगल गाउँपालिकामा पनि ठूलो भौतिक क्षति पुर्याएको छ । पहिरो र बाढीले नेसमखोलाको पुल नै बगाएपछि तेम्बाथान, तेगा, दिपु, साङलुङसँग पैदल मार्ग नै टुटेको छ । मनसुनको शुरुवातसंगै जुगलका जलाधार क्षेत्रमा परेको अविरल बर्षाका कारण नेसामखोलाका पुल बगाए पछि तेम्बाथान, तेगा, दीपु, साङलुङसंगको पैदल मार्ग टुटेको हो । लाङटाङ खोला र पेमासाल आसपासमा भयंकर पहिरो गएको र पहिरोका कारण ब्रह्मायणी खोलामा ठूलो बाढी आएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरोको अवलोकन तथा आपत्कालिन उद्धार र राहत सामाग्री लिएर शुक्रबार गाउँपालिका अध्यक्ष सहितको टोली जुगल हिमालको फेदी छेन्ताङ सम्म पुगेको छ । हाईड्रो व्यवसायी भरत पराजुलीको हेलिकप्टर सहयोगमा दीपुमा ४० थान त्रिपाल र चौरी खर्कमा रहेका चौरीपालक किसानहरुलाई दाल, चामल, नुन लगाएतका सामाग्री छाडिएको छ । पुलसम्पर्क टुटेको तथा पहिरोका कारण छेन्ताङमा फसेका ४ जना महिलालाई उद्वार गरि दीपुमा सकुशल ल्याईयो । खराब मौसमका कारण लाङटाङ र पेमासाल एरिया रेकी गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । "दीपु वस्ती स्थानान्तरण नै गर्नु पर्ने गरी जोखिममा छ । प्राविधिक हिसाबले एक दम कठिन छ यद्यपी तेगाको पुल, नेसमखोला पुल तत्काल निर्माण गरी आवागमन सुचारु गर्नु पर्नेछ ", श्रेष्ठले भन्नुभयो । ब्रह्मायणीमा १ असारको मध्यरात अचानक बाढी आएपछी माथिल्लो भेगका दर्जनौँ बस्ती आतंकित बन्न पुगेको थियो ।